आइतबार, वैशाख १४, २०८२

‘सडक टु’ को गीतमा पनि डिसलाइकको वर्षा

नेपालखोज २०७७ साउन ३२ गते १९:३२

एजेन्सी । ट्रेलर सर्वाजनिक भएर अत्याधिक डिसलाईक पाएको महेश भट्टद्वारा निर्मित फिल्म ‘सडक टु’ को गीत पनि रिलिज भएको छ । केहि दिनअघि रिलिज भएको ‘सडक टु’ को ट्रेलर मन पराउने भन्दा मन नपराउने दर्शकको संख्या धेरै छ ।

बलिउड चर्चित अभिनेत्री आलिया भट्टद्वारा अभिनित फिल्म ‘सडक टु’ लाई दर्शकले सिधै रिजेक्ट गरेको देखिन्छ । अत्याधिक डिसलाइक पाएको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ मा पनि डिसलाइकको वर्षात भएको छ । यो समाचार तयार पार्दासम्म गीतले ७२ लाख ४२ हजार बढी भ्यू पाइसकेको छ जसमा १ लाख २६ हजार हजारले लाइक गरेका छन् भने ५ लाख २२ हजार डिसलाइक गरेका छन् ।

यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ । ‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् ।

 

प्रतिक्रिया