दीपिका पहिलो नम्बरकी अभिनेत्री
एजेन्सी। बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छन् । बलिउड कलाकारको ¥याङकिङ गर्ने एक संस्थाले हालै गरेको सर्वेक्षणमा अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी हुन् । सो संस्थाले अखबारसँग मिलेर १२ हजार दर्शकबीच गरेको सर्वेक्षणमा सबैभन्दा बढी मत प्राप्त गर्दै अभिनेत्री दीपिका पहिलो नम्बरमा परेकी हुन् ।
गत वर्ष यो सर्वेक्षणमा अभिनेत्री कंगना रनौत पहिलो नम्बरमा परेकी थिइन् । तर, यसपटक विभिन्न विवादका कारण कंगना दर्शकको उत्कृष्ट सर्वेक्षणमा तल झरेकी छन् । विगत चार वर्षदेखि यो सर्वेक्षणमा पहिलो नम्बरमा रहेकी दीपिकालाई गत वर्ष मात्र कंगनाले जितेकी हुन् ।
यसपटकको सर्वेक्षण ६७ प्रतिशत ग्रामीण क्षेत्र र ३३ प्रतिशत सहरी क्षेत्रका दर्शकबीच गरिएको पनि सर्वेक्षक संस्थाले जनाएको छ । १२ दर्शकहरूबीच पुगेर गरिएको यो सर्वेक्षणमा आफू यसपटक फेरि पहिलो नम्बरमा आएकोमा दीपिकाले धन्यवाद ज्ञापन गरेकी छन् ।
फिल्म ‘कट्टेल’देखि ‘छपाक’सम्म आइपुग्दा दीपिकाले दर्शकलाई धेरै प्रस्तुति दिइसकेकी छन् । उनी नैना, लीला, पीकू, मीनाम्मा,जस्ता थुप्रै चरित्रका नामले दर्शकबीच लोकप्रिय छिन् ।
प्रतिक्रिया