बलिउड कलाकार सोनु सुदले २० हजार प्रवासी मजदूरलाई घर दिने
एजेन्सी । बलिउड अभिनेता सोनु सुदले २० हजार प्रवासी मजदूरलाई घर बनाइ दिने भएका छन् । सामाजिक कार्यबाट पछिल्लो समय सोनु निकै चर्चामा छन् । कोरोना महामारीको समयमा उनले समस्यामा परेका धेरैलाई सहयोग गरिरहेका छन् ।
उनले गरेको यो कामलाई अन्य कलाकार र फ्यानले तारिफ गरिरहेका छन् । उनले कोरोनाका कारण जागीर गुमाएका, किताब किन्न पैसा नभएर पढ्न नपाएका, उपचार नपाएका लगायतका समस्यामा परेका धेरैको सहयोग गरिरहेका छन् ।
उनको समाज सेवाबाट अहिले उनी रिल हिरोबाट रियल हिरो बनेका छन् । भारतिय मिडियाका अनुसार उनले नोएडाका प्रवासी मजदूरका लागि घर दिने बताएका छन् । रोजगारसँगै प्रवासी मजदूरलाई घर दिने बारे सोनुले सामाजिक सञ्जालमार्फत बताएका छन् । सहयोग गर्न पाउदा खुसी लागेको बताउर्दै उनले भनेका छन्, ‘मलाई २० हजार प्रवासी मजदुरलाई घर दिनुको खुसी मिलिरहेको छ ।
जसलाइ प्रवासी रोजगारीको माध्यमबाट नोएडाका कपडा युनिटमा जागिर मिलेको छ ।’ मजदुरहरुलाई ‘प्रवासी मजदूर’ एप्लीकेसनद्धारा रोजगारी दिइएको बताइएको छ । आफ्नो घर छोडेर कामको लागि शहर जानेलाई यस एप्लीकेसनबाट रोजगारी मिल्ने बताइएको छ ।
प्रतिक्रिया