हत्यापछि आत्मसमर्पण
नेपालखोज
२०७७ भदौ १९ गते १६:१७
धादिङ । नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएको छ । स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले बताए ।
हत्यामा संलग्न अभियुक्त २६ वर्षीय परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका लागि राखिएको छ ।
सम्बन्धित








प्रतिक्रिया