शुक्रबार, वैशाख १२, २०८२

साताको शेयर कारोबार : लगानीकर्ताको सम्पत्ति २ अर्ब १६ करोड २० लाख ८९ हजार बढ्यो

नेपालखोज २०७७ भदौ २० गते ७:५९

काठमाडौं । चार कार्यदिन कारोबार भएको शेयर बजारमा यो साता लगानीकर्ताको सम्पत्ति रू. २ अर्ब १६ करोड २० लाख ८९ हजारले बढेको छ ।

गत साताको अन्तिम कारोबार दिन भदौ ११ गते १९ खर्ब २८ अर्ब ४७ करोड २० लाख रहेको लगानीकर्ताको सम्पत्ति अर्थात कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन भदौ १८ गते रू. १९ खर्ब ९८ अर्ब ३१ करोड ४० लाख पुगेको हो ।

कोरोना महामारीको कारण देशभर अन्य व्यवसायिक क्षेत्र ठप्प भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको अधिक तरलता र कम ब्याजदरका कारण शेयर बजारमा लगानी बढी रहेको छ ।

घरमै बसेर कारोबार गर्न पाएका लगानीकर्ताहरुले यो सातामात्र रू. ११ अर्ब ९० करोड २४ लाख ४९ हजारको शेयर खरीदविक्री गरेको तथ्यांक छ । गत साता यो रकम रू. ९ अर्ब ७४ करोड ३ लाख ६० हजार थियो । गत साताभन्दा यो साता कारोबार रकममा रू. २ अर्ब १६ करोड २० लाख ८९ हजारको बृद्धि देखिएको छ ।

प्रतिक्रिया