शुक्रबार, वैशाख १२, २०८२

बुन्डेसलिगा फुटबलको नयाँ सिजन : आज बायर्न र साल्के भिड्दै

नेपालखोज २०७७ असोज २ गते १९:१५

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ ।

बायर्नको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ । एलिनाज स्टेडियममा बायर्न सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

साल्केविरुद्ध थोमर मुलर, रोबर्टो लेवान्डोस्की र सेर्जी गनाब्रेले अग्र पंक्ति सम्हाल्नेछ । किङ्सले कोमानले खेल्ने सम्भावना न्यून रहेको छ । यस्तै थियागो अलाकान्टरा टिममा हुने छैनन् । लिभरपुलसँग अनुबन्धका लागि थियागो लण्डनमा रहेका छन् ।

प्रतिक्रिया