शुक्रबार, वैशाख १४, २०८१

अभिनेत्री गरिमा पन्तको आज जन्मदिन

नेपालखोज २०७७ असोज ३ गते १०:०२

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गरिमा पन्तको आज जन्मदिन परेको छ। उनी १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङमा जन्मेकी हुन् । यस आधारमा आज उनी आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागि रहेको छ । म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमाले चलचित्रमा राम्रो पकड बनाइरहेका बेला विबाह गरिन् ।

विवाहपछि भने उनी चलचित्र क्षेत्रबाट टाढा रहिन् । उनी बिहेपछि अस्ट्रेलिया बस्दै आएकी छन् । ‘झोला’, ‘तीन घुम्ती’ चलचित्रमा गरेको उत्कृष्ट अभिनयका कारण गरिमा लोकप्रिय छिन् ।

प्रीतिको फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, रंगबैजनीलगायतका चलचित्रमा गरिमाले आफ्नो अभिनय क्षमता देखाएकी छन् ।

प्रतिक्रिया