कांग्रेस भित्रको किचलो कायमै
नेपालखोज
२०७७ असोज १३ गते ७:०६
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढेको छ ।
सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हिजो पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गरेको छ ।
महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षकोरुपमा ध्रुवीकृत भएको विरोधपत्रमा जनाइएको छ ।
सभापति देउवालाई बिधि बिपरित गरिएका निर्णय सच्चाउन संस्थापन इतर पक्षले ७ दिने अल्टिमेटम समेत दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया