डा. केसीको जीवनप्रति गम्भीर बन्न राप्रपा अध्यक्ष राणाको आग्रह

नेपालखोज २०७७ असोज १६ गते २१:३७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रा.डा. गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले आज एक ट्विट गर्दै नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत केसीलाई त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यकाअनुसार डा. केसीको स्वास्थ्य जटिलता हेरी आईसीयूमा तुरुन्त स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । मुटुमा गम्भीर प्रकृतिको गडबडी २४ घण्टामा दुई–तीनपटक देखिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया