सोमबार ४ हजार ४७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३३ हजार भन्दा बढी
नेपालखोज
२०७७ असोज २६ गते १६:५१
काठमाडौं । पछिल्ला २४ घण्टामा गरिएको परिक्षणमा सोमबार देशभरबाट ४ हजार ४७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभरका कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यससँगै दशभरबाट कोरोना हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ।
देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताए ।
सम्बन्धित

प्रतिक्रिया