बर्दिबास बालिका हत्या प्रकरण : गोली चल्दा एकजना घाइते
नेपालखोज
२०७७ मंसिर ९ गते १५:३०

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।
गोली लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपाने छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीको ढुंगा प्रहारबाट भने डीएसपी प्रकाश विष्ट घाइते भएका छन् ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरेको र हत्या आरोपीको घरमा आगजनी गरेको प्रदेश २ प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।
बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन् । उनी सोमबार मृत फेला परेकी थिइन् । अहिले उनको शव पोस्टमार्टममा लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित







प्रतिक्रिया