शुक्रबार, पुष ४, २०८२

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेपालखोज २०७७ मंसिर १६ गते १४:१६

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । कात्तिक २८ गतेबाट सुरु भएको नेकपा सचिवालयको ७० औं बैठक प्रधामन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्ने छन् ।

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला चलेको थियो । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र थमाएका थिए ।

ओलीले बैठक नबोलाइ कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए । आजको सचिवालय बैठकमा छलफल हुने त्यसैको जवाफ हो ।

प्रतिक्रिया