मंगलबार, वैशाख १६, २०८२

सुनको मूल्य ह्वात्तै बढ्यो

नेपालखोज २०७७ मंसिर २३ गते १२:३२

काठमाडौं। साताको तेस्रो दिन मंगलवार सुनको मूल्य ह्वात्तै बढेको छ। साताको पहिलो र दोष्रो दिन घटेको सुनको मूल्य मंगलबार भने तोलामा १५ सयले वृद्धि भएको छ।

नेपली बजारमा छापवाला सुनको मूल्य मंगलबार १५ सयले बढेर ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ।

सोमबार भने ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएके थियो। यसअघि आइतबार २ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार १ सयले घटेको थियो।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै सोमबार १२ सय ५ रुपैयाँ कायम गरिएको चाँदी मंगलबार ३० रुपैयाँले वृद्धि भई १२ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ।

प्रतिक्रिया