शनिबार, जेठ ५, २०८१

गुगल सर्चमा बलिउडबाट पहिलो स्थानमा कनिका

नेपालखोज २०७७ मंसिर २६ गते १३:५५

मुम्बई । बलिउडकी गायिका कनिका कपुर गुगलमा सबैभन्दा बढी सर्च हुने ब्यक्तिको लिष्टमा परेकी छन् । गुगलको वर्षभरिको सर्च रिजल्टमा बलिउडबाट सबैभन्दा पहिलो स्थानमा कनिक कपुरको नाम सामेल छ ।

गुगलले सार्वजनिक गरेको डाटाको पहिलो स्थानमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन रहेका छन् । बलिउडको कुरा गर्दा कनिका सबैभन्दा बढी सर्च गरिएकी छन् । कनिकाको अलवा यो लिष्टमा अमिताभ बच्चन, कंगना रनौत, रिया चक्रवर्ती र अंकिता लोखन्डे जस्ता ठुला स्टार समेत रहेका छन् ।

देशमा कोरोना संक्रमण सुरुवातको क्रममै कनिका कोरोना संक्रमित भएकी थिइन् । उक्त समय कनिका आलोचित पनि भएकी थिइन् । किनभने कोरोना पोजेटिभ भएपनि उनले केही पार्टी र कार्यक्रममा पनि सहभागीता जनाएकी थिइन् । सामाजिक सञ्जालमा उनको धेरै आलोचना पनि भएको थियो । त्यसपछि उनी केही दिन अस्पतालको आइसोलेनमा बसेर पुरै ठिक भएकी थिइन् ।

प्रतिक्रिया