सरकारमाथी प्रश्न उठाउनु अस्थिरता निम्त्याउनु हो : मन्त्री नेम्बाङ्ग

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ्गले सरकारले गरेका काम कारवाहीमाथी प्रश्न उठाउनु अस्थिरता निम्ताउनु भएको बताएका छन् । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–लगडी गदियानी सडक खण्ड कालोपत्रे निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेबाङ्गले भने, ‘सरकारमाथी प्रश्न उठाउनु भनेको अस्थिरता ल्याउनु हो । अस्थिर राजनीतिले विकास निर्माणको गतिमा अवरोध पुर्याउँदछ ।’
पूर्वको झापादेखि सुदुरपश्चिम कञ्चनपुरसम्म जोड्ने हुलाकी राजमार्गको यस खण्ड शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेबाङ्गले स्थिर सरकारले मात्र विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने बताए । उनले भने, ‘नेपालमा विकास निर्माणको महाअभियान सुरु भइसकेको छ । त्यसको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ । यस्तो अभियान पुरा गर्न स्थिर सरकारले मात्र सक्छ । स्थिर राजनीतिले मात्र सक्छ । जुनकुरा अहिले हामीले मुलुकमा प्राप्त गरेका छौ ।’
मन्त्री नेम्बाङ्गले सरकार भौतिक पूर्वाधार निर्माणका नयाँ क्षेत्र र ठूलाठूला विकास निर्माणका आयोजना तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुका निर्माण कार्य थालनी गरिएको र यस्ता कार्यले मुलुकको अर्थतन्त्र चलायमान हुनका साथै आर्थिक उन्नति र वृद्धि भइ समृद्ध राष्ट्र निर्माण गर्न टेवा पुग्ने बताए ।

उनले आपसी असमझदारीले अस्थिरता पैदा भयो भने सुरु भएको विकासको महाअभियानमा अवरोध हुने, समाजवादसम्म पुग्न नसकिने बताए । उनले भने, ‘समृद राष्ट्र सुखी नेपाली’ नारालाई पुरा गर्न स्थिर सरकार चाहिन्छ । कथम कदाचीत बाटो विरायौँ भने अस्थिरता पैदा हुन्छ । अस्थिर राजनीति र सरकारले देशलाई समृद्धितिर डोर्याउन सक्दैन । त्यसो भएकाले खबरदारी गर्ने हक तपाई माया गर्ने जनसमुदायले राख्नु भएको छ ।’
मन्त्री नेम्बाङ्गले बर्तमान सरकारले दुई नम्बर प्रदेशलाई अत्यन्तै महत्वका साथ हेरेको भन्दै त्यहि भएर विकासका ठूलाठूला परियोजनाहरु तराई मधेसमा सञ्चालन गरिएको बताए ।
पूर्वपश्चिम राजमार्गको चार लेन कालोपत्रे स्तर उन्नति यहि ठाउँ कमला–कञ्चनपुर खण्डको निर्माण कार्य थालनी भइसकेको छ । पूर्वपशिचम उत्तरदक्षिण जोड्ने हुलाकी राजमार्गको निर्माण कार्य तीव्र ढंगले थालनी भइरहेको र आ.ब. ०७८/७९मा सम्पन्न हुदैछ । विरगन्ज–पथलैया–जटही जनकपुर ढल्लेबर जस्ता ६ लेनका कालोपत्रे बाटाहरु सम्पन्न हदैछन् । पूर्वपश्चिम विद्युतिय रेलमार्गको बर्दिवास–नीजगढ खण्डको निर्माण कार्य सुरु भइसकेको छ ।
इनरुवा–बर्दिवास खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भई निर्माण पूर्वका प्रारम्भिक कार्यको थालनी भइसकेको छ । जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । उक्त ठाउँमा रेल सञ्चालन गर्न दुई वटा रेल ल्याइसकिएको छ । केही महिना भित्र सञ्चालन हुदैछ ।
उनले प्रश्न गरे, ‘के यो विकास निर्माण कार्य दुई नम्बर प्रदेशका लागि गरेको होइन र ?’ यो सरकारले केही गरेन भन्ने भ्रमको खेती गर्नेहरुलाई यहि कुरा फर्केर हेरे प्रयाप्त हुने उल्लेख गर्दै उनले
उनले संघीता कार्यान्वयनसंगै भएको पहिलो निर्वाचनमा आमनेपाली जनतासामु दुई वटा ठूला कम्युनिष्ट पार्टीलाई एकिकरण गर्ने घोषणा र बहुमत प्राप्त गरेमा सरकार मार्फत समाजवाद उन्मुख नीति कार्यक्रम लागु गर्ने जनता सामु प्रण गरिएकाले नै जनताले विश्वास गरेको उल्लेख गरे । उनले भने, ‘त्यहि विश्वासको आधारमा आम नेपाली जनताले पूर्ण बहुमत दिनु भएको हो ।’
उनले स्थिरताले मात्र विकास र समृद्धि सम्भव हुने भएकाले यो पाँच बर्षे स्थिर सरकारले पूर्णता पाउनु पर्ने बताए । उनले भने, ‘त्यो पाँच बर्षे स्थिर सरकार तेस्रो बर्षमा प्रवेश गरेको छ । यसले पूर्णता पाउँनुपर्छ । जनतालाई गरेको प्रतिवद्धा पुरा गरिनुपर्छ ।’ उनले दुई ठुला कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रियाले पूर्णता पाउनु पर्ने जनताको भावनालाई नेताहरुले आत्मसाथ गर्ने समेत विश्वास दिलाए ।
मन्त्री श्रेष्ठले गरिब सुकुम्बासी जनताको विकासका लागि सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सुरक्षित नागरिक आवस जस्ता कार्यक्रम सिमान्तकृत जनतालाई लक्ष्यित गरि ल्याएको हो ।’

मन्त्री नेम्बाङ्ग र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सोमबार संयुक्त रुपमा शिलालेख अनावरण गरेर उक्त खण्डको शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया