खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।
‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘के–के विषयमा कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन।’
पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।
आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि गौतमले यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा फूट आएको छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह चलाइरहेका छन्।








प्रतिक्रिया