बिहीबार, वैशाख १३, २०८१

नेप्से छ अंकले घट्दा पाँच अर्ब ९६ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष २० गते १५:४०

काठमाडौं । अघिल्लो दिन ८८ दसमलव १२ अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने घटेको छ । आज कारोवार खुुलेको पहिलो एक घण्टासम्म नेप्से बढेको भएपनि अन्तिम समयसम्म आईपुुग्दा नेप्से छ दसमलव ३६ अंकले घटेर २१ सय ६९ दसमलव चार अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७३ अंकले घटेर चार सय १५ दसमलव १५ अंकमा पुुगेको छ । दुुई सय दुुई वटा कम्पनीहरुको ४६ हजार एक पटकको कारोवारमा एक करोड १६ लाख ४३ हजार चार सय २९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार एक सय २२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन भने सामुुहिक लगानी कोष समुहको सुचक स्थिर रहेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव दुुई अंकले घटेर १६ सय ४४ दसमलव ९४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७६ दसमलव ३९ अंकले घटेर १३ हजार नौ सय ४६ दसमलव नौ अंकमा पुुगेको छ । लघुुबित्त, टे«डिङ र होटल समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको समुहको सुचक भने आज आठ दसमलव ४२ अंकले बढेर दुुई हजार एक सय ८३ दसमलव ९७ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन ।

आज जानकी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९६ प्रतिसतले बढेर दुुई सय ५४ रुपैयाँमा कारोवार हुंदा नेशनल माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ८४ प्रतिसतले घटेर २२ सय ९० रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय २० रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड आठ लाख ६८ हजार आठ सय ८६ रुपैयाँ पुुगेको छ ।

प्रतिक्रिया