शनिबार, वैशाख १५, २०८१

नेप्सेमा सामान्य करेक्सन, १३ अंकले बढ्दा चार अर्ब ४२ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष २२ गते १५:३२

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन तीन दसमलव ५४ अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन आज भने १३ दसमलव सात अंकले बढेर २१ सय ७८ दसमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४५ अंकले बढेर चार सय १८ दसमलव १४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय पाँच वटा कम्पनीहरुको ४३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड पाँच लाख ३४ हजार एकम सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम चार अर्ब ४२ करोड ४८ लाख ४२ हजार पाँच सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र जलबिद्युुत समुहको सुचक सामान्य अंकले घटेकाछन भने बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव आठ अंकले बढेर १६ सय ४७ दसमलव ५० अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १२ दसमलव ६६ अंकले बढेर नौ हजार नौ सय ३१ दसमलव ५१ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि २४ दसमलव ८३ अंकले बढेर १३ हजार नौ सय २४ दसमलव २५ अंकमा चढेकोमा बिकास बैंक, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।

आज कालिका लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर नौ सय ६८ रुपैयाँमा कारोवार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मुल्य आठ दसमलव ५५ प्रतिसतले घटेर चार सय २८ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २३ सय ८४ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ३३ लाख ८६ हजार सात सय ४३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया