उपत्यकाको यी क्षेत्रमा आज विद्युत् अवरुद्ध हुने

नेपालखोज २०७७ माघ ७ गते १२:१७

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज (बुधबार) विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा आज दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लुभु एकको फिडरअन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मत गर्नुपर्ने भएकाले एक घण्टा विजुली जाने प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौंको सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपासका क्षेत्रमा पनि एक घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

प्राधिकरणका अनुसार दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाको लागि विद्युत अवरुद्ध हुने जनाएको छ ।

सो क्षेत्रको ओम फिडरअन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रतिक्रिया