मंगलबार, वैशाख १६, २०८२

सुनको मूल्य घट्यो

नेपालखोज २०७७ माघ १४ गते ११:२१

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया