शनिबार, वैशाख १३, २०८२

कोरोना खोप लगाएका विदेशी पर्यटक नेपाल ल्याउने तयारी

नेपालखोज २०७७ माघ १६ गते १३:२०

काठमाडौं । सरकारले कोरोनाको खोप लगाइसकेका विदेशी पर्यटक भित्र्याउने तयारी गरेको छ।

कोरोना महामारीपछि विदेशी पर्यटक आवागमन रोकेको सरकारले अब भने खुलाउने तयारी गरेको हो।

यस सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

कोरोनाको खोप लगाइसकेका पर्यटकलाई बिनाअवरोध नेपाल आउन र घुम्न दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको ढकालले जानकारी दिएका छन् ।

अनअराइभल भिसा पनि खुला गर्ने विषय पनि मन्त्रिपरिषद्‌मा लगिएको मन्त्री ढकालले बताए।

प्रतिक्रिया