सुनको मूल्यमा भारी गिरावट
नेपालखोज
२०७७ माघ २३ गते १२:४६

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ९१ हजार १ सयमा सुनको कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो एक हजार तिन सयमा कारोबार भएको चाँदीको मूल्यमा आज १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ९० मा किनबेच भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया