शुक्रबार, वैशाख १४, २०८१

आजदेखि भ्यालेन्टाइन विक प्रारम्भ, हरेक दिनका फरक महत्व

नेपालखोज २०७७ माघ २५ गते १३:०६

काठमाडौं– अंग्रेजी वर्षको दोस्रो महिना हो फेब्रअरी । फेब्रअरी महिनालाई प्रेमको महिना मानिन्छ । त्यसमा पनि फेब्रअरी महिनाको दोस्रो साता नै प्रेममय हुन्छ ।फेब्रअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइए पनि उक्त दिनभन्दा एक साता अघिदेखि नै भ्यालेन्टाइ विक प्रारम्भ भैसकेको हुन्छ । भ्यालेन्टाइन विक आज ७ फेब्रअरीदेखि प्रारम्भ भएर १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेसम्म चल्ने गर्दछ ।

यस वर्षको भ्यालेन्टान विक आज (आइतबार)देखि प्रारम्भ भएको छ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ ।

भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक–अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ । भ्यालेन्टाइन्स विकका हरेक दिन कुनै न कुनै रुपले प्रेमको प्रतिकको रुपमा रहने गरेका छन् ।

यहाँ हामी भ्यालेन्टाइन्स विकका आठै दिनको महत्वका बारेमा चर्चा गर्दैछौं ।

पहिलो दिन : रोज डे

फेब्रुअरी महिनाको ७ तारिकका दिनदेखि भ्यालेन्टाइन्स विक प्रारम्भ हुन्छ । विकको पहिलो दिनलाई रोज डे भनिन्छ । भ्यालेन्टाइन्स विकको थालनी गुलावको वासना र सुन्दरताको साथमा हुन्छ । यो दिन मायालु जोडीहरुले एक–अर्कालाई गुलावको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भावना व्यक्त गर्न सकिएको छैन भने यो दिन गुलावको फुलमार्फत आफ्नो भावना व्यक्त गर्न सकिन्छ । प्रेम व्यक्त गर्न रातो रंगको गुलावको फुल उपहारको रुपमा दिनु पर्ने मान्यता छ ।

दोश्रो दिन : प्रपोज डे

फेब्रुअरी ८ का दिन प्रपोज डे मनाउने गरिन्छ । यदि कुनै व्यक्तिसंग अथाह प्रेम छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यो दिन प्रपोज अर्थात प्रस्ताव राख्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने अथवा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा पनि हुन्छ ।

तेश्रो दिन : चकलेट डे

भ्यालेन्टाइन्स विकको तेस्रो दिन अर्थात फेब्रुअरी ९ तारिकका दिन चकलेट डे मनाइन्छ । त्यसै पनि चकलेट सबैलाई मनपर्ने खाद्य पदार्थ हो । तनाव कम गर्न तथा अरुलाई आफ्नो माया देखाउन र प्रेम व्यक्त गर्नका लागि हामी चकलेटको प्रयोग गर्छौं । भ्यालेन्टाइन्स विकको तेस्रो दिन प्रेम जोडीहरुले एक–अर्कालाई चकलेट दिएर खुशी साटासाट गर्छन् । जसले उनीहरुको जीवनमा चकलेट झैं मिठास बनिरहन्छ भन्ने विश्वास गरिन्छ ।

चौथो दिन : टेडी डे

टेडी बियर जस्तै मानिसको मन पनि कोमल र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि भ्यालेन्टाइन्स विकको चौथो दिन अर्थात १० फेब्रुअरीमा टेडी बियर उपहारको रुपमा दिने प्रचलन छ । युवतीहरुलाई यो कोमल खेलौना निकै मनपर्छ भन्ने विश्वास गरिन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र यो खेलौनासंग कुराकानी गर्न पाउँदा उनीहरु निकै खुशी हुन्छन् ।

पाँचौं दिन : प्रमिस डे

भ्यालेन्टाइन्स विकको पाँचौं दिन अर्थात फेब्रुअरी ११ का दिन प्रमिस डे मनाइन्छ । भनिन्छ, प्रेम गर्न जति सजिलो हुन्छ, त्यो भन्दा गाह्रो यसलाई सम्हाल्न हुने गर्दछ । यो दिन प्रेमी जोडी एक–अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं दिन : हग डे

भ्यालेन्टाइन्स विकको छैठौं दिन अर्थात फेब्रुअरी १२ का दिन हग डे मनाउने गरिन्छ । प्रेममा अंगालो मार्नुको आफ्नै मिठास छ । यो दिन प्रेमि–प्रेमिकाले अंकमाल गरेर एक–अर्कालाई प्रेम अभिव्यक्त गर्दछन् । यही दिन प्रेमि–प्रेमिकाले अंकमालकै क्रममा एक–अर्कालाई कति माया गर्छन् भन्ने कुराको मूल्यांकन समेत गर्न पाउँछन् ।

सातौं दिन : किस डे

भ्यालेन्टाइन्स विकको सातौं दिन अर्था फेब्रुअरी १३ का दिन किस डे मनाइन्छ । प्रेम व्यक्त गर्नका लागि मायाले भरिएको एउटा चुम्बन नै पर्याप्त हुन्छ भन्ने अवधारणाले यो दिवस मनाउने गरिएको हो । यो दिन प्रेमि–प्रेमिकाले एक–अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।

अन्तिम दिन अर्थात भ्यालेन्टाइन्स डे

भ्यालेन्टाइन्स सप्ताहको अन्तिम तथा सबैभन्दा विशेष दिन हो १४ फेब्रुअरी अर्थात भ्यालेन्टान्स डे । यो दिन प्रेमि–प्रेमिकाहरुका लागि कुनै उत्सव भन्दा कम हुँदैन ।

प्रतिक्रिया