सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो
नेपालखोज
२०७७ माघ ३० गते ११:३२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४ सयमा कारोबार भइहरेको छ ।
साताको अन्तिम कारोबार दिन आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया