सुनको मूल्यमा वृद्धि
नेपालखोज
२०७७ फागुन ९ गते १२:४४

काठमाडौं । गत साता निरन्तर ओरालो लागेको सुनको मूल्य आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
छापावाला सुन तोलामा आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै शुक्रबार प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया