प्रिमियर लिगमा लिभरको पहिलो जित
नेपालखोज
२०७७ फागुन १७ गते १४:५७

काठमाडौं । आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गरेको छ । लिभरपुलले यो सिजनमा एउटा मात्र खेल जितेको हो । लिभरपुल यसअघिका खेलमा लगातार पराजित थियो ।
४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएपछि लिभरको जित सुनिश्चित भएको थियो ।
जितपछि २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा छ र चौथो स्थानको वेष्टहमसंग अंकदुरी २ मा झारेको छ ।
सम्बन्धित
प्रतिक्रिया