ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी
नेपालखोज
२०७७ फागुन १८ गते १०:५३

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहान भिषण आगलागी भएको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले आगो फैलिँदै गएको जानकारी प्राप्त भएको बताएका छन् ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।
घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्रमा रहेको घना बस्ती जलिसकेको बताए ।
आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।
दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।
सम्बन्धित
प्रतिक्रिया