विष्णु सरस्वती फाउण्डेसनद्वारा विद्यालयलाई कम्प्युटर वितरण

काठमाडौं । विष्णु–सरस्वती फाउण्डेसनले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिका–३ मा रहेको सामाजिक संस्था विष्णु–सरस्वती फाउण्डेसनले तारकेश्वर नगरपालिका–११ मा रहेको सो विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
नेपाल सरकारका पूर्वमन्त्री एंव माननीय भिमसेनदास प्राधन प्रमुख अतिथि,विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष चित्रध्वज थापा विशिष्ट अतिथि र समाजसेवी एंव बिकास प्रेमी इन्द्रमान महर्जनको प्रमुख आथित्यतामा फाउण्डेशनकी अध्यक्ष अम्बिका शर्माले विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेकी हुन् ।
त्यस्तै सोही वडाका समाजसेवी वदा अध्यक्ष प्रत्यासी कबिराज बस्नेतको उपस्तिथिमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
निम्न वर्गका विद्यार्थीहरुलाई प्रशिक्षण दिने उद्देश्यका साथै आधुनिक प्रविधि सुहाउँदो शिक्षा प्रदान गर्न विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शर्माले बताइन् ।

हस्तान्तरित कम्प्युटरहरुलाई पूर्ण उपयोग गरी विद्यार्थीहरुले विश्वको कुनै पनि मुलुकमा बस्ने व्यक्तिहरुसँग सिधै फेसबुक, इमेल, इन्टरनेट जुनसुकै बेला पनि कुरा गर्न सक्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।

फाउण्डेसनले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग पु-याउँदै आइरहेको छ ।





प्रतिक्रिया