बिहीबार, वैशाख १३, २०८१

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालखोज २०७७ चैत १ गते १०:२६


काठमाडौं । मकवानपुर, रुपन्देही, नवलपरासी (पश्चिम) र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।


मकवानपुर, मनहरी गाउँपालिका–६ सुनाचुरीमा ना.४ ख ५१४९ नम्बरको बस र ना.६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत घर भएका ४० वर्षीय सुनिल कुमार र ३५ वर्षीय अभयलाल कुश्वाहा तथा बस चालक पर्सा वीरगंज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदन कुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनिल र मदनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा तथा अभयलालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १० जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–२ सिताराईस मिलस्थित सडकमा लु.२२ प २७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ४४ वर्षीय घमन रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–४ लुम्बिनी चिनी मिल अगाडि सडकमा बिग्रीएर रोकी राखेको लु.२ ख ३८३७ नम्बरको टिपरमा लु. ५८ प २९१७ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ तुरिया बस्ने २३ वर्षीय प्रकाश कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


झापा, कमल गाउँपालिका–१ बालुबारीस्थित सडकमा ना.१ ख ६१६५ नम्बरको टिपरले मे.३ प ३७४७ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ बस्ने २७ वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया