अनुमती बिना भुक्तानी सम्वन्धी कार्य नर्गन राष्ट्र बैंकको निर्देशन
नेपालखोज
२०७७ चैत २ गते १८:४९

काठमाडौं । नेपाल राष्ट् बैंकले अनुमती बिना भुक्तानी सञ्चालन कार्य नर्गन निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक सुचना जारी गर्दे राष्ट्र बैंकबाट अनुमतिपत्र नलिई अनलाईन पेमेन्ट प्ल्याटफर्म सञ्चालन गर्ने तथा टप अप सर्भिस, अनलाईन पेमेन्ट, प्रोटेक्ट पर्चेज लगायतका भुक्तानी सम्बन्धी कार्य गरिरहेको भन्ने जानकारी आएको हुँदा यो सूचना प्रकाशित गरिएको जनाएको छ ।
अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गर्नु÷गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिपत्र प्राप्त संस्थाहरु मार्फत मात्र विद्युतीय भुक्तानी सम्बन्धी कार्य गर्नु/गराउन निर्देशन दिएको राष्ट्र बैकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया