सिभिल बैंकले सातै प्रदेशमा ग्लोबल मनी विक मनाउने

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नारा बोकी अगाडि बढी रहेको सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजन गर्ने जनाएको छ ।
यस अन्र्तगत चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, विराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने बैकले जनाएको छ । त्यसैगरी चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी गर्नेछ । यसैगरी चैत्र ११गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने तयारी बैंकले गरेको छ ।
बैकले चैत्र १२ गते भने गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्नेछ भने चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरम वित्तिय साक्षरता कार्यक्रम गनेछ । त्यसैगरी चैत्र १४ गते कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम गर्नेछ भने चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गनेृ छ ।
वित्तीय साक्षरता कार्यक्रमहरुमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्रीसहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइलएप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट) को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया