वायु प्रदूषणका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

नेपालखोज २०७७ चैत १३ गते १७:४९

काठमाडौं । एक्कासी वायु प्रदूषण बढेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। विमानस्थल टावरका अनुसार अहिले भिजिबिलिटी १६ सय मिटर भन्दा बढी छ ।

भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट उडान सुरु भएको हो। केहीबेर अघि आकाशमा होल्ड भएका नेपाल एयरलाइन्सको दिल्लीबाट आएको र हिमालय एयरलाइन्सको दमामबाट आएका जहाज ल्यान्ड भएका छन् ।

त्यस्तै, आन्तरिक हवाइ उडानसमेत सुचारू भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया