चीनले उपलब्ध गराउने ८ लाख डोज कोरोना खोप नेपाल आउँदै
नेपालखोज
२०७७ चैत १४ गते १९:३५

काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा पुगेको छ । चिनियाँ दूतावासका अनुसार चाँडै खोप नेपाल आइपुग्नेछ ।
नेपालस्थित चिनियाँ दूतावासले शनिबार बेइजिङ विमानस्थलमा खोप पुगेको तस्वीर राख्दै जानकारी दिएको हो । खोप सोमबार काठमाडौँ आइपुग्ने जनाइएको छ । नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ प्रस्थान गर्ने भएको छ।
यसअघि भारत सरकारले पनि नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो ।
सम्बन्धित

प्रतिक्रिया