बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा
नेपालखोज
२०७७ चैत १८ गते १३:०१

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम यूएसडी प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।
यो सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावालग्राहकले प्रतिवर्ष पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारतबाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एकपटक वा पटक-पटक गरी पाँच सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।
बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया