‘ओलीले कारबाही गरेर आत्तिएका छैनौँ, नयाँ कमिटी घोषणा गरेर अगाडि बढ्छौँ’

पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी शर्मा ओलीसँग नजाने बताएका छन्। पोखरामा बिहीबार आयोजित कार्यकर्ता भेलामा उनले आफूहरु नयाँ कमिटीको तयारीमा रहेको र छिटै घोषणा गर्ने बताए ।
‘हामी केपी ओलीतिर जाँदैनौँ । उनले कारबाही गरेर आत्तिएका पनि छैनौँ,’ नेपालले भने, ‘हामी नयाँ कमिटीको तयारीमा छौँ, छिटै घोषणा गर्छौं।’
उनले नयाँ कमिटीसँगै देशव्यापी संगठन बनाउने र अन्य दलसँग सहकार्य गरेर ओलीलाई एक्ल्याउने बताए। उनले सहकार्यका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको बताए।
‘हामी देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं’, उनले भने, ‘अन्य दलसँग पनि सहकार्यका लागि छलफल गरिरहेका छौँ।’ उनले ओलीले चुवाव घोषणा गरे आफूहरुले पनि उम्मेदवारी दिने र अन्य दलसँग मिलेर चुनाव लड्ने बताए ।
घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बित
उनले ओलीले सुघ्रन चाहे पार्टी एक हुनसक्ने र त्यसका लागि फागुन २८ पछिका सबै निर्णय खारेज हुनुपर्ने बताएका छन ।

प्रतिक्रिया