माधव नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक आज पनि

नेपालखोज २०७७ चैत २१ गते ८:३१

काठमाडौं । शुक्रबारदेखि जारी नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक आज पनि बस्दैछ।

स्थायी कमिटीको अनौपचारिक बैठकमा पार्टीकाे भावी कार्ययाेजना तय गर्ने बताइएकाे छ । दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको छ ।

शुक्रबारको बैठकबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भनेका थिए,’ राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएका छन् , भोलि (शनिबार) निर्णय गर्छौं। ’ नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइरहेको छ । एमाले पार्टी दुइ भागमा विभाजित भएपिछ नेपाल समूह यसरी अघि बढेकाे हाे ।

प्रतिक्रिया