भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह
नेपालखोज
२०७८ वैशाख २ गते ९:४३

काठामाडौं । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटक-पटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।
बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा अपनाएर सावधानीका साथ नजिकको वितरण केन्द्रसम्म लैजान पनि मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । पछिल्ला दिनहरुमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले सचेत गराएको हो ।
आउँदो ६ र ७ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ ।
सम्बन्धित

प्रतिक्रिया