मंगलबार, वैशाख १६, २०८२

पुरानो टिभीलाई कसरी स्मार्ट टिभी बनाउने ?

नेपालखोज २०७८ वैशाख ३ गते १५:११

काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमिलेले आफ्नो स्मार्ट, कम्प्याक्ट तथा पोर्टेबल ग्याजेट एमआई टिभी स्टिक सार्वजनिक गरेको छ । जसले कुनै पनि नन-स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्छ । एन्ड्रोइड टिभी ९.० द्वारा संचालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत पाँच हजार भन्दा बढि एप्स अनि गेम्सहरुमा पहुँच प्रदान गर्ने दाबि गरिएकोछ ।

एमआई टिभी स्टिकले ३० सेकेन्ड भन्दा कमसमयमै काम गर्छ । यो ग्याजेटमा सिनेमा जस्तो अनूभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनिछ । यसका अतिरिक्त एमआई टिभी स्टिक क्वाड-कोर प्रोसेसरसहितको १ जीबी र्याम र ८ जीबी को इन्टरनल स्टोरेजले युक्त छ ।

के हो एन्ड्रोइड टिभी ९.०
एन्ड्रोइड टिभीको संस्करण (९.०) मा संचालित एमआइटिभी स्टिकले प्रयोगकर्ताहरुलाई वल्ड अफ कन्टेन्टको पहुँच दिएको छ। यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नीं हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचका साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एउटा भरपर्दो गन्तव्य हो । गुगल प्ले स्टोरमा पाँच हजार भन्दा बढी एप्लिकेसन्सको उपलब्धताका साथ एमआईटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्प पनि प्रदान गरेको छ। एमआई टिभी स्टिकमा नेटफ्लिक्स तथा प्राइम भिडियोका लागि बटनहरुको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध छ ।

गुगल सहायक र क्रोमकास्ट बिल्ट इन
एमआई टिभी स्टिकमा गुगल सहायकद्वारा संचालित भ्वाईस सर्च उपलब्ध छ । जसको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो दिनको योजना बनाउन, पछिल्लो अपडेटरसमाचारहरु प्राप्त गर्न,आफूलाई मनपर्ने सामाग्री खोजी गर्न तथा अन्य स्मार्ट घरेलु उपकरणहरु नियन्त्रण गर्न सक्छन्।

यो क्रोमकास्ट बिल्ट-इनका साथ उपलब्ध हुन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने एप्सहरुबाट सामग्रीहरु मोबाइल,ट्याब्लेट वा ल्यापटपमार्फत कास्ट गर्न सक्छन् ।

डाटा सेभर
अनलाइन सामाग्रीको खपतमा बढ्दो वृद्धिलाई ध्यानमा राखेर एमआई टिभी स्टिक गुगलको डाटा सेभर नेपालका लागि विशेषरुपमा प्रि-लोडेड भएर आउँछ। यो डाटा सेभरले तीन गुणा अधिक सामाग्री स्ट्रिमिङ्गको सुबिधा प्रदान गर्नुका साथै डाटा प्रयोगको ट्रयाक पनि राख्दछ । एमआई टिभी स्टिक नेपालको अनलाइन र अफलाइन स्टोेरहरुमा ५ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने बताईएकोछ ।

प्रतिक्रिया