शनिबार, वैशाख २२, २०८१

‘पर्यटकलाई रेड हानेर निरुत्साहित गर्नु भएन, प्रोत्साहन चाहिन्छ’ (भिडियाेसहित)

नेपालखोज २०७८ वैशाख ८ गते १५:३०

कोभिड १९ सुरु भएदेखि नै पर्यटन क्षेत्र गतिहीन छ । यसको प्रभाव बल्ल अर्थतन्त्रमा देखिन लागेको छ । विस्तारै हामी आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका थियौं । विदेश घुम्न नपाएका नेपाली स्वदेशमै घुम्दै आएका थिए यसबाट सकरात्मक सन्देश प्रवाह भएको थियो । दोस्रो लहरको कोरोना भित्रिएसँगै देशभित्रै घुम्न पनि हामीहरू डराएको अवस्था छ । दोस्रो लहरको कोरोना अझ खतरा छ भन्ने चिकित्सकहरूले बताइरहेका यसको केही प्रभाव परिसकेको छ । नेपाल सरकार पनि यसलाई कसरी नियन्त्रण गर्ने भनेर लागिपरेको छ ।
यसबीचमा नेपाल पर्यटन बोर्डले भारतमा प्रचार गरेको थियो । मेक माई ट्रिप, इज माई ट्रिपजस्ता अन्तर्राष्ट्रिय कम्पनीका सीईओहरूसमेत नेपाल घुम्न आएको अवस्था थियो ।

वर्षमा करिब दुई करोड हाराहारीमा घुम्नका लागि विदेशिने भारतीयहरूलाई दुबई र माल्दिभ्सबाहेक अरु देश नभएको अवस्थामा नेपाल नै एउटा आकर्षक गन्तव्य बन्न सक्छ भनेर हामीले सन्देश प्रवाह गरेका थियौं । दोस्रो लहरको कोरोनाले यसलाई केही हदसम्म निरुत्साहित पार्ने अनुमान हामी गरेको छौं ।

प्रतिक्रिया