कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

नेपालखोज २०७८ वैशाख १२ गते ११:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पदाधिकारी बैठक बोलाएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा दिउँसोका लागि बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी लगायतको सहभागिता रहनेछ ।

पार्टीको आगामि १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा बैठकमा छलफल गर्ने तयारी छ ।

कांग्रेसको केन्द्रीय कार्य समितीको बैठक पनि भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया