शनिबार, वैशाख १३, २०८२

मन्त्रिपरिषद्ले गर्याे सीसीएमसीकाे सिफारिसलाई सदर

नेपालखोज २०७८ वैशाख १३ गते २०:५३

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले निषेधाज्ञाका विषयमा सीसीएमसीकाे सिफारिसलाई सदर गर्ने निर्णय लिएकाे बताइएको छ ।

मन्त्रिपरिषद्ले सीसीएमसीकाे सिफारिस अनुसार नै कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको हाे ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सबेको बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको गरेको एक मन्त्रीले जानकारी दिए ।

जुन सिफारिस सोमबार बसेको सीसीएमसीले गरेको थियो । सीसीएमसीकाे सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् ।

प्रतिक्रिया