अक्सिजनको कमी भए संक्रमितले के गर्ने ?

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्टले स्वास फेर्न गार्हो हुने गरेको पाइएको छ । शरिरमा कोरोना भाइरस प्रवेश गरेपछि अक्सिजनको मात्रा तिब्र गतिमा घट्दै जाँदा स्वास फेर्न गार्हो हुने गर्दछ । चिकित्सकहरुले यसलाई अक्सीजन सेचुरेशन नाम दिएका छन् । यद्यपि कोरोनाका सबै विरामी अक्सीजन सेचुरेशनको सिकार हुन्छन् भन्ने होईन ।
सबैभन्दा पहिले अक्सिजन सेचुरेशनकै कुरा गरौ
अक्सीजन सेचुरेशन भनेको फोक्सो र शरीरको सम्पूर्ण अङ्गमा पुग्ने रगतको अक्सीजेनेटेड हेमोग्लोबिनको स्तर हो । जसलाई प्रतिशतमा नापिन्छ । यसले हाम्रो शारिरिक गतिबिधिलाई सुचारु बनाउँन मदत पुर्याउँछ । यसको स्तर ९४ भन्दा बढि हुनुलाई जोखिममुक्त अबस्था मानिन्छ ।
चिकित्सा विज्ञानले मानव शरिरमा अक्सीजनको स्तर ९४ देखि एक सयको बीचमा हुनुपर्छ भन्ने मानेको छ । अक्सीजनको स्तर ९४ भन्दा तल झर्याे भने विभिन्न समस्या सिर्जना हुन थाल्दछ । यदि अक्सिजेनेटेड हेमोग्लोविनको स्तर लगातार ९० भन्दा तल रह्यो भने तत्काल चिकित्सकीय सहायताको आवश्यकता पर्छ ।
शरीरमा अक्सीजनको कमि हुनासाथ छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्दछन् । अक्सीजनको स्तर अचानक तल झर्यो भने हाम्रो सम्पूर्ण अङ्गका साथै स्वासप्रस्वास प्रणालीमै प्रत्यक्षरुपमा नकारात्मक प्रभाव देखा पर्छ । शरीरमा अक्सीजनको कमी तथा स्वासप्रस्वासको समस्या आफैले घरमै पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि अस्पताल नै धाइरहनु पर्दैन ।
यदी शरिरमा अक्सिजनको कमि भए के हुन्छ
शरीरमा अक्सीजनको स्तर ९५ भन्दा माथि छ भने ढुक्क भए हुन्छ । अक्सीजनको स्तर ९१ देखि ९४ भएको अवस्थामा सचेत रहि बेलाबेलामा अक्सोमीटरले जाँच गरिरहनुपर्छ । तर अक्सीजनकाे स्तर ९१ भन्दा तल पुग्यो भने तत्काल चिकित्सकको सहायता लिनु वा अस्पताल पुग्नुपर्ने हुन्छ ।
रगतमा अक्सीजनको कमी हुँदा ओठ नीलो देखिनुका साथै अनुहारको रंग उडे जस्तो देखिन्छ । छाला अथवा ओठ अचानक नीलो हुनु गम्भीर समस्याको संकेत हो । यदि हाम्रो रगतमा प्रयाप्त अक्सिजन छ भने हाम्रो अनुहारको छालाको रंग रातो अनि ओठ गुलाफी हुन्छ ।
कोरोना भाईरसले संक्रमीत भएको अबस्थामा अक्सीजनको स्तर सामान्यभन्दा तल झर्नु निकै खतरनाक साबित हुनसक्छ । यस्तो बेला छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने, छाती गह्रौँ भएको अनुभव हुने, खोकी लाग्ने, छटपटि भएजस्तो हुने र टाउको दुख्ने समस्या देखियो भने ढिला नगरी चिकित्सक कहाँ पुग्नुपर्छ ।
रगतमा अक्सीजनको कमी हुँदा मस्तिष्कमा हुने रक्त प्रवाहसमेत प्रभावित हुन्छ । परिणामस्वरूप विरामीमा भ्रमित हुने, रिंगटा लाग्ने, बेहोश हुने, ध्यान केन्द्रित गर्न नसक्ने, दृश्य ठम्याउन नसक्ने आदि समस्या सिर्जना हुनसक्छ ।
प्रतिक्रिया