बसपार्कमा घर जाने यात्रुको भिडभाड आज पनि उस्तै

नेपालखोज २०७८ वैशाख १५ गते १३:००


काठमाडौं । काठमाडौंको गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार) पनि देखिएको छ ।

भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो ।

भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । बुधबार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंका सहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो ।

भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।

टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । टिकट खरिद गर्नका लागि भीडमा बस्नुपर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरुमा छ ।

कतिपय यात्रुहरु मास्कको प्रयोग ठिक ढङ्गले गरिरहेका देखिदैनन् । त्यस्तै स्वास्थ्य मापदण्डका कुनैपनि विधिहरु अवलम्बन गरिएको पनि देखिदैन् ।

कतिपय यात्रुहरुले निषेधाज्ञा जारी हुनु भन्दा अगाडि दुई दिन मात्रै समय दिंदा भिडभाड बढेको बताएका छन् । कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरु टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया