निषेधाज्ञाको प्रभाव : नेप्सेको सूचक तथा कारोबार रकम दुवै घट्यो

काठमाडौं । नेप्सेमा निशेधाज्ञाको प्रभाव देखिएको छ । सरकारले कोभिड –१९ नियन्त्रण तथा रोकथामको लागि यही बिहिबारदेखि काठमाडौं उपत्यकामा निशेधाज्ञाको घोषणा गरेको छ ।
सोही निशेधाज्ञाको पुर्व सन्ध्यामा नेप्से सूचक तथा कारोबार रकम दुबै नै उच्च अंकले घटेकाछन् । अघिल्लो दिन ९२ अंकले बढेको नेप्से आज (बुुधबार) १३ दशमलव ७९ अंकले घटेर २५ सय ८५ दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।
नेप्सेमा आज २ सय १५ वटा कम्पनीहरुको ४६ हजार ९ सय ५९ पटकको कारोबारमा ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ८३६ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको सूचकहरु सामान्य अंकले बढेपनि बाँकी समूहको सूचक घटेका छन् ।
सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ८ अंकले घटेर १७ सय ६६ दशमलव ६१ अंकमा पुग्दा निर्जिवन बीमा समूहको सूचक पनि १ सय ४ दशमलव ८४ अंकले घटेर १२ हजार सात सय ९४ दशमलव ८८ अंकमा पुगेको छ । जीवन बीमा समूहको सुचक पनि एक सय ४९ दशमलव ११ अंंकले घटेर १६ हजार सात सय ८१ दशमलव ६० अंकमा पुग्दा बिकास बैंक, जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, फाइनान्स, सामुहिक लगानी कोष र लगानी समूहको सूचकहरु पनि घटेका छन् ।
आज महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर ९ दशमलव ९९ प्रतिशतले बढेर २८ सय ४१ रुपैयाँमा कारोबार हुंदा पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव १५ प्रतिशतले घटेर २ सय ९० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज एनसीसी बैंकको प्रतिकित्ता ३ सय ४० रुपैयाँ अन्तिम मूल्यमा २८ करोड २८ लाख ८९ हजार ९ सय ५९ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया