पूर्वप्रधान सेनापति कटवाल सैनिक अस्पतालको आईसीयूमा १७ दिनदेखि उपचाररत

नेपालखोज २०७८ वैशाख १८ गते १०:४०

काठमाडौं । पूर्वप्रधान सेनापति रुक्मांगत कटवाल १७ दिनदेखि छाउनीमा रहेको सैनिक अस्पतालमा उपचाररत छन् ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएपछि उनी सैनिक अस्पतालमा भर्ना भएका हुन् । उनलाई अहिले आईसीयूमा राखेर उपचार गरिराखेको अस्पताल स्रोतले जनाएको छ ।

श्‍वासप्रश्‍वासमा समस्या भएपछि उनी वैशाख १ गते अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर छ ।

प्रतिक्रिया