बिहीबार, वैशाख ६, २०८१

गायक योगेश्वरको पत्नी प्रेम छचल्कियो

नेपालखोज २०७८ वैशाख २० गते १६:०५

काठमाडौं । गायक योगश्वर अमात्य धेरैलाई चिनाइरहनु पर्ने नाम होईन । अमात्यका ‘जब संध्या हुन्छ’ देखि ‘लैजा चरी’ सम्म थुप्रै गीत चर्चित छन् । मौलिक प्रकारको स्वर-शैलीका अमात्यलाई सबैले पेशेवर गायकभन्दा पनि सौखिन गायकका रुपमा चिन्छन् । यीनै गायकले आज (मे ३ का दिन) बिबाहको २६ औँ बार्सिकउत्सब मनाएका छन् ।

अमात्यले जिवन-संगिनीसँगको २६ वर्ष लामो यात्राको स्मरण गर्दै सामाजिक संजालमा प्रशंसकहरुबीच खुसी साटेका हुुन् । अमात्यले श्रीमतीलाई धन्यवाद दिदै लेखेका छन ‘२६ बर्ष म जस्तोसंग पनि सहेर बसी दिएकोमा मेरी श्रीमती, गुरु, शुभः चिन्तक, मेरा छोरा छोरीहरु कि माता, मेरी मंगलालाई हृदयदेखिनै मुुरीमुुरी धन्यवाद र आभार । मलाई साथ दिएकोमा म अतिनै भाग्यमानी साबित भएँ र अझै पनि यस्तै साथको आशा एवं प्रार्थना गरेको छु ।’

यस अवसरमा उनले श्रीमतीसँगका केही तस्बिर सार्वजनिक गरेका छन् । तिनै तस्बिरबाट केही तस्बिर प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया