बुधबार, वैशाख १२, २०८१

बलिउड फिल्म सम्पादक अजयको निधन

नेपालखोज २०७८ वैशाख २२ गते १६:५८

मुम्बई । कोरोना संक्रमणका कारण भारतका प्रख्यात युवा फिल्म सम्पादक अजय शर्माको निधन भएको छ । कैयौं दिनदेखि कोरोनासँग जुधिरहेका अजयले मंगलबार बेलुका नयाँदिल्लीमा अन्तिम सास फेरेका हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्माता अशोक पण्डितले १० दिन अजयका लागि दिल्लीमा अक्सिडन र बेडका लागि सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

अजय बलिउडका कति ठूला सम्पादक थिए भन्ने कुरा उनले गरेका कामबाट पुष्टि हुन्छ । उनले ‘लुडो’, ‘जग्गा जासुस’, ‘प्यारका पंचनामा’, ‘कारवां’, ‘इन्दू की जवानी’, ‘हाई जैक’, ‘क्रुक’ र ‘बन्दिश बेन्डिट्स’ जस्ता चर्चित फिल्मको सम्पादन गरेका थिए ।

उनले ‘बर्फी’, ‘ये जवानी है दीवानी’, ‘अग्निपथ’, ‘काय पो छे’, ‘लाइफ इन अ मेट्रो’, ‘द डर्टी पिक्चर्स’ जस्ता फिल्ममा सहायक सम्पादकका रुपमा काम गरेका थिए । हाल उनी फिल्म ‘रश्मी रकेट’को सम्पादन गरिरहेका थिए । जसमा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा थिइन् ।

प्रतिक्रिया