खाएको गाँस आँतबाट त झर्छ ?
रबिन्द्र मानन्धर
२०७८ वैशाख २३ गते २१:२८

भिड बटुलेर,
भाषण गरेर,
रिबन काटेर,
बटन थिचेर,
जोक हानेर,
यो महामारीमा हाम्रो चित्कार
सुनेर पनि नसुनेझैं गरेर,
सत्ताको छक्का पञ्जा खेलेर,
लासको चाङमा चढेर,
कमिसनखोरलाई पोसेर,
बा (?) !!
अचेल तपाईंलाई निद्रा त पर्छ ?
खाएको गास आँतबाट त झर्छ ??
सम्बन्धित
प्रतिक्रिया