उम्मेदवारी दिन हेलिकोप्टर चढेर हेटौंडा पुगे बादल

नेपालखोज २०७८ वैशाख २४ गते १३:१७

काठमाडाैं । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुगेका छन् । गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।

वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुन लागेको हो । देवकोटाले भने उम्मेदवारी दर्ता गराइ सकेका छन् ।

प्रतिक्रिया