आइतबार, वैशाख १४, २०८२

सरकारले भन्यो- सेरममा भएको आगलागीले कोभिसिल्ड ल्याउन सकिएन

नेपालखोज २०७८ वैशाख २४ गते १६:४०

काठमाडाैं । सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको जनाएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको र खोप आयात रोकिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्टिच्युटमा भएको आगलागी, क्षमता विस्तारमा अवरोध, विश्व परिस्थितिलगायतका कारण १० लाख डोज खोप प्राप्त गर्न नसकिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा मार्फत जनाएको हाे ।

२० लाख डोज खोप खरिदको योजना रहेकोमा १० लाख प्राप्त भएर लगाइसकिएको र बाँकी १० लाख उपलब्ध हुनेबित्तिकै उपलब्ध गराउने कम्पनीले जनाएको मन्त्रालयले जनाएकाे छ । ५० लाख डोज कोभिशिल्ड खोप खरिदको योजना नरहेको पनि मन्त्रालयले जनाएको छ ।

अन्य खोप प्राप्त गर्न कुटनीतिक प्रयास भइरहेको मन्त्रालयले जानकारी दिएको छ । कोभिशिल्ड खोपको खरिदका विषयमा मन्त्रालयलाई जोडेर भइरहेका हल्लामा सत्यता नरहेको पनि स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया